१० चैत, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले सरकारले संसदलाई कामबिहीन बनाउने लागीपरेको बताएका छन् । उनले भने ‘हामी स्पष्ट छौं, जतिदिन यो सरकार रहन्छ संसद्को तिरस्कार अपमान गर्ने क्रम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनुछ।’
नेता थापाले भने, ‘एसिड आक्रमणकारीलाई कारबाही गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने तर संसद्लाई एउटा विधेयक पनि नदिने ? अनि विधेयकलाई कानुन बनाउनका निम्ति चाहिने राष्ट्रिय सभाको बैठक पनि नबोलाउने ?’
संसद बिघटनको बिरोधमा खरो रुपमा उत्रिएका काँग्रेस साँसद थापाले पौष ५ गते गरिएको संसद बिघटन सही थियो भन्ने प्रमाणीत गर्न प्रधानमन्त्री केपी शर्मा ओली लागिरहेको र संसदलाई कामनलाग्ने बनाउने रणनीतिमा लागेको बताए ।





