१२ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले संसदमा भएको अन्यौलतालाई लिएर प्रश्न उठाएका छन् ।
संसद पुनः स्थापना पनि पटक-पटक बसेका बैठकमा कुनै निर्णय हुन सकेको छैन भने सरकारले कुनै बिजनेसनै नदिई अलमल्याई रहेको अवस्थामा युवा नेता पौडेलले आक्रोस व्यक्त गरेका छन् ।
नेता पौडेलले सामाजिक सञ्जाल ट्वीट माफर्त संसदलाई एकाध व्यक्तिले सिकार बनाउँदा सांसद अहिलेसम्म के गर्दै छन् ? भन्दै प्रश्न गरेका छन् ।
साथै उनले कसैको गुट उपगुटको विवादले संसदलाई पासो बनाउदै सांसद बिजनेस विहिन बनाउन मिल्छ भन्दै अर्काे प्रश्न गरेका छनु ।
उनको ट्वीटः कसैको गुट उपगुटको विवादले संसदलाई पासो बनाउदै सांसद बिजनेस विहिन बनाउन मिल्छ ? संसद जस्तो गरिममय लोकतान्त्रिक संस्था एकाध व्यक्तिले सिकार बनाउँदा हाम्रा सांसदहरु अहिले सम्म के गर्दै छन् ?






