१३ चैत, लाहान । नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले बर्तमान सरकार अधिनायकवाद उन्मुख भएको बताएका छन् । उनले यसको उदाहरण सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको मोबाईलबाट फोटो भिडियो खिच्न रोक भन्ने हिजोको एक कार्यक्रमका बिषयको समाचारले पुष्टि गरेको भन्दै सुन्दा पनि अचम्म लागेको भन्दै यदि त्यो समाचार सत्य भए ओलीले कस्तो चाहेका रहेछन् भन्ने पुष्टि भएको बताएका छन्। ओलीमा तानाशाह चरित्र देखिदै जाँदा अहिले फरक मत राख्ने एमाले भित्रको एउटा समूह र माओवादी केन्द्र सुरुका दिनमा मौन बसेको समयमा नै लगाम लगाउन नसक्नु अहिलेको परिणति भएको बताएका छन् । हिजो एकपछि अर्को तानाशाही प्रकितिका बिधेयक ल्याउदा ओली प्रबृतिको बिरोध गर्न नसक्नेले अहिले पछुताउनुको बिकल्प नभएको बताएका छन्।
फरक प्रसंगमा बोल्दै अहिले जसपाले नैतिकताहीन सरकारशीत माग पूरा गर भनेर भन्नू गलत भएको भन्दै सहि समयमा आफ्नो मुद्दा उठाउन नसक्ने असहज परिस्थितिमा अड्को थाप्ने काम रोकेर परिस्थिति अनुसार चल्न समेत आग्रह गरेका छन् । हिजो कोही मन्त्री बन्ने कोही सरकारलाई समर्थन दिएर बस्ने दुईतिहाई हुँदा अहिले उठाएका मुद्धा समाधान गर्न ध्यान नदिको भन्दै जिम्मेवार बन्न समेत आग्रह गरेका छन् । मधेसका जायज माग पूरा गर्न आफूहरु तयार रहेको भन्दै असहज परिस्थिति जिम्मेवारिबाट यो या त्यो बहानाबाजी नगरि ओली बिदाई गर्न प्रस्ट हुन जसपा लाई अपिल गरेका छन्। जुन दिन नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ त्यहिबाट नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ भन्दै कांग्रेस तत्थ र संसदिय प्रक्रिया बाटै अगाडि बढ्ने बताएका छन् ।
पार्टी महाधिवेशन प्रक्रियामा सभापतिशीत आफूहरुको फरक मत रहेता पनि लोकतन्त्र सखाप पार्ने ब्यवस्था प्रतिनै धावा बोल्ने अधिनायकवाद उन्मुख ओली बिदाई गर्ने संसद भित्र रहेका दलहरुशीत छलफल चलाएर कांग्रेसले नै नेततृत्व लिए अघि बढ्न आफुहरुले सभापति देउवालाई भनेको भन्दै परिस्थिति परिपक्क भएपछि कांग्रेस जिम्मेवारी लिन र परिस्थितिलाई समालेर जान तयार रहेको भन्दै अपरिपक्व परिस्थिति लाई बुझ्दा बुझदै अनावश्यक सताको खेलको साक्षी नबन्ने बताएका छन् । नेता सिंँहले उक्त कुरा नेवाः समाझ लाहानले आज सिरहाको लाहानमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बताएका हुन् । नेता सिँह आज लहान नगर समितिले आयोजना गरेको कार्यक्रममा सभागि हुन सिरहा आएका हुन् ।





