राजनीति

ओली सरकारका बिरुद्धमा छिट्टै अबिस्वासको प्रस्ताव दर्ता गर्छौंः अध्यक्ष दहाल

१४ चैत, काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारीमा आफूहरु रहेको बताएका छन् ।
उनले एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली प्रतिगमनकारी भएकाले आफूहरुलाई बिपक्षमा बस्ने पार्टीहरुसँग छलफल गरेर सहमतीसाथ संगै फिर्ता लिन छलफल गर्दा समर्थन फिर्ता लिन समय लागेको भन्दै अब भने नैतिक रुपमासमेत सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने भएकाले त्यसो गर्न माओबादी केन्द्र अगाडी बढ्ने बताए ।
अध्यक्ष दहालले भनेका छन्, ‘हिजो प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा भएका साथीहरुको मलाई हत्त न पत्त समर्थन फिर्ता नलि है भनेर जबर्जस्त दबाब म माथि छ । जबर्जस्त नै छ । म नामचाहिँ भन्दिनँ । हत्त न पत्त समर्थन फिर्ता लिइस् भने उल्टो पर्छ है भन्ने छ । मैले भनिरहेको छु, नैतिक र राजनीतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिनँ ।’
नेपाली काँग्रेस, जनता समाजबादीलगायतका पार्टीलाई ओलीबाहेकका पार्टीको सहमतीमा बन्ने पार्टीलाई सहयोग गरेर नयाँ सरकार बनाउन आग्रह गर्दै सडकमा रहेका दलहरुसँग नयाँ सहमती गरेर अगाडी बढ्न सकिने उपाय खोज्दाखोज्दै अबिस्वासको प्रस्ताव गर्न ढिला भएको बताए ।