१८ चैत्र, काठमाडौं । महोत्तरीको भंगहाबाट मंगलबार हराएका ७ बालिका तथा किशोरी भारमा भेटिएको खुलाशा भएको छ ।
खोजी गर्ने क्रममा आज बिहान उनीहरु भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार शाहले जानकारी दिएका छन् ।
साथै नेपाल प्रहरीलाई खबर गरेको र अहिले प्रहरी त्यसतर्फ गएको उनले जानकारी दिएका छन् । मंगलबार दिउँसो घाँस काट्न गएका उनिहरु घर फर्किएका थिएनन् । साथै सबै बालिका तथा किशोरी सकुशल रहेको पनि उनले जानकारी दिएका छन् ।
बेपत्ता हुनेहरुमा २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान रहेका छन् । साथै उनिहरुका परिवारलाई भने आफ्नो छोरीहरु कहाँ गए भन्ने केही खबर छैन ।





