१९ चैत्र, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहालले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने/नदिनेबारे आज सर्वोच्च अदालतले निर्णय गर्दैछ ।
एमाले-माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो ।
त्यसको विरुद्धमा माओवादी अध्यक्ष प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए । यहि निवेदनअनुसार आज सर्वोच्चले मुद्दा अगाडि बढाउने/नबढाउनेबारे टुंगो लगाउनेछ । सर्वोच्चले आज निस्सा प्रदान गरेको अवस्थामा मात्र यो मुद्दाको सुनुवाई अगाडि बढ्नेछ ।
माओवाद्यी केन्द्रले एमाले र माओवादी केन्द्रलाई अलग गराउने फैसला गरेर सर्बाेच्चले संबैधानिक र कानुनी जिम्मेवारीको सिमा नाघेको टिप्पणी समेत गरेको छ ।





