राजनीति

विधान विपरीत काम गर्ने ओलीलाई साथ दिने सबै दास हुन्ः माधव नेपाल

२७ चैत्र, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने सबै दास भएको टिप्पणी गरेका छन् ।

आज बिराटनग विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानि गर्दै नेता नेपालले विधना विपरित काम गर्ने ओलीलाई साथ र समर्थन दिने सबै दास भएको बताएका हुन् ।

साथै नेता नेपालले ओलीको पक्षमा बहुमत नभएको समेत दावी गरेका छन् । नेपालले एमाले अध्यक्ष समेत रहेका ओलीले कम्युनिष्ट फुटाउने काम गरेको समेत आरोप लगाएका छन् ।

ओलीले पार्टी फुटाउँदा बिरोधिहरु भने खुशि भएको जिकिर गरेका छन् । नेपालले आँफुहरु सबैलाई मिलाउनमा लागिरको भन्दै निर्वाचनले मात्रै सबै समस्याको समाधान हुने बताएका छन् ।