राजनीति

डा.आचार्यको ठोकुवाः अहिलेका दलहरूबाट जनताले अपेक्षा गरेको सामाजिक-आर्थिक रुपान्तरण असंभव

३० चैत्र, काठमाडौं । भौतिक तथा पुर्वाधार विज्ञ डा.सुर्यराज आचार्यले अहिलेका दलहरूबाट जनताले अपेक्षा गरेको सामाजिक–आर्थिक रुपान्तरण असंभव भएको ठोकुवा गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.आचार्यले यस्तो ट्वीट गरेका हुन् ।

आम नागरिकको ठूलो हिस्सामा नयाँ शैलीको राजनीतिका लागि छटपटि रहेको तर त्यो छटपटी समेट्न सक्ने नयाँ राजनीतिक संरचना नै बन्न नसकेको उनको धारणा छ ।

राष्ट्र जोगाउने एजेन्डा र उदारभाव सहितको सामुहिक नेतृत्वले सबैलाई समेट्न सक्ने डा.आचार्यको भनाई छ।

उनको ट्वीटः चल्तिको राजनीतिका दलहरूबाट जनताले अपेक्षा गरेको सामाजिक-आर्थिक रुपान्तरण असंभव । आम नागरिकको ठूलो हिस्सामा नयाँ शैलीको राजनीतिका लागि छटपटि छ । तर त्यो छटपटी समेट्न सक्ने नयाँ राजनीतिक संरचना बनेको छैन । राष्ट्र जोगाउने एजेन्डा र उदारभाव सहितको सामुहिक नेतृत्वले सबैलाई समेट्न सक्छ।