३० चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजिनामा दिनुपर्नेमा जोड दिएका छन् ।
प्रेस युनियनले कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोईरालाले वर्तमान ओली सरकार रहिरहे देशमा अराजकता बढ्दै जाने दाबी गर्दै ओलीलाई तत्काल राजिनामा दिन आग्रह गरेका हुन् ।
नेता डा.कोईरालाले सरकारले विजनेश दिन नसक्नु र एमाले विवादका कारण संसद अनिर्णयको बन्दी बनेको भन्दै यसबारे प्रतिपक्ष चाँडै निश्कर्षमा पुग्नुपर्नेमा पनि जोड दिएका छन् ।
उनले कांग्रेसले अब आफुनै नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जानुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।
साथै उनले कांग्रेसको नेतृत्वमा सम्भव नभए जसपाको नेतृत्वमा सरकार बनाउनु पर्ने तर ओली नेतृत्वको सरकारलाई जसरी पनि ढाल्नैपर्ने संकेत गरेका छन् ।





