राजनीति

बिदेशमा बस्ने युवालाई प्रधानमन्त्रीको आह्वान: बिदेश नेपाल भन्दा असुरक्षीत छ, नेपाल फर्कनहोस्

१ बैसाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा केही राजनीतिक अस्वस्थता रहेपनि राम्रो भएको बताए । उनले काठमाडौंमा जनतामा मेलम्चीको पानी झार्ने, पुन निर्माण, नयाा निर्माण गर्ने कार्य गरेर निरर्थक हुन नदिएको बताए । उनले जनताका नाममा सम्बोधन गर्दै कोभिड १९ बैज्ञानिक, अनुसंधानकर्तालगायत कसैका लागि पनि नयाँ भएको भन्दै यसमा नागरिकको जीवन रक्षा पहिलो भन्दै, जनताको जीवनलाई बचाउन सरकारले प्राथमिक महत्वमा राखेर कोरोना बिरुद्ध लडेको बताए । तुलनात्मक रुपमा सरकार कोरोना नियन्त्रणमा असफल नभएको भन्दै सरकारको समयमै भएको सचेतनाका कारण कृषि क्षेत्रकामा राम्रो भएको, ब्यापार घाटा घटाएको लगायत २०७७ लाई सरकारको सफलताको बर्ष भएको बताए ।
उनले जनताका नाममा सम्बोधन गर्दै पृथकताबाद, हिँसाको बाटो लिएको शक्तीलाई शान्तीपूर्ण बाटोमा फर्काएर अगाडी बढ्नु सरकारको राम्रो काम भएको बताए । उनले अब जनतामा सार्बभौमसत्ता सम्पन्न भएको भन्दै हतियार नभएको बताए । प्रधानमन्त्री ओलीले गएको बर्ष सरकारले नयाँ नयाँ काम गरेको भन्दै सरकारले लुम्बीनीमा पाँच हजार क्षमताको सभागृह, ध्यानकेन्द्र, गोदावरीमा तीन हजार क्षमताको सभागृहलगायत थुप्रै स्थानमा बनाएको बताए । उनले ७० बर्ष अघि देशमा ठूलै परिवर्तन भएपनि संसद भवन नभएकाले यही सरकारको पहलमा संसद भबन निर्माण गर्ने काम भईरहेको बताए । उनले जनता भड्काउने प्रयास भएपनि सरकार अभिचलित नभई जनतालाई आशा र बिश्वास जगाउने काम गरिरहेको बताए । उनले प्रतिदिन सरकारले साढे ५ किलोमिटर सडक निर्माण गरेको भन्दै एकदिनमा १२ वटाका दरले आवास निर्माण गरेको, सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेपनि हाल दिनको एक सय पुगेको बताए । उनले उत्तरड दक्षीणका राजमार्ग पुष्पलाल, मदन ारी राजमार्ग निर्माण भईरहेको र पुर्वपश्चिम राजमार्ग स्तरोन्नती भईरहेको सबैेले देखेको बताए । जनकपुरमा दुईवटा रेल ल्याईसकेको भन्दै बैसाखबाटै रेल सञ्चालन हुने बताए । युवाहरुले चतराधमबाट १३ मिनटमा भोजपुर पुग्न सकिने अवस्था आएको भन्दै रानीपोखरी शिलान्यास, धरहरा अब १० दिनपछि लिफ्टबाट माथी जानसक्ने र काठमाडौं हेर्न सकिने उपहार नेपाली जनतालाई दिएका, त्रिभूवन अन्तर्राष्ट्रि बिमानस्थल स्तरोन्नती, दरबारहाई स्कुललगायत थुपै बिद्यालय निर्माणलगायतका काम सरकारले गरेको बताए ।
मेलम्चीको पानी धारा धारामा पानी ल्याएर जनतालाई सुबिधा दिने काम गरेको भन्दै डिजिजट नेपाल बनाउने कार्यमा सरकार लागेको प्रधानमन्त्री ओलीले बताए । उनले सिंह दरबारबाट देशभरका बिभिन्न आयोजनाहरु हेर्न सकिने भन्दै कसैको जसका लागि भन्दा देशको विकासका लागि सरकारले काम गरिरहेको बताए । उनले पर्यटन क्षेत्र समस्याग्रस्त भएको देखेको भन्दै त्यसको उत्थानका लागि आफूले पहल गर्ने बताए । उनले कतिपयले आजैदेखी लकडाउन हुन्छ, भोली लकडाउन हुन्छ भन्दै हल्ला गर्दै हिँडेको भन्दै सरकार सकेसम्म सरकारले लकडाउन गर्ने प्रयास नगर्ने बताए । परिस्थिति बिग्रीएको खण्डमा सरकार लकडाउनको बिषयमा सतर्क भएको बताए ।
उनले जमिनको परीक्षणको कामसहज बनाएको भन्दै नागरिक एप बनाएको, सडक बालबालीका, सडकमा माग्ने अवस्था बन्द गर्ने कार्य गरेको बताए । अभिभावक गुमाएका बालबालीकाको गार्जन सरकार भएको दाबी गर्दै बृद्धबृद्धाको लागि पनि सरकारले महत्व दिएको बताए । उनले एशिड आक्रमण, बलात्कार र हत्या नियन्त्रण बिरुद्ध सरकारले कानून ल्याएको बताए। उनले संसद चल्न नदिएर अशोभनीय अवस्था आएको भन्दै एमसीसी पास गर्नुपर्ने बताए । उनले दूरी हटाएर, अनेकतालाई एकतामा ल्याउँदै सबैले मिल्नुपर्ने आवश्यक्ता भएको बताए । उनले सरकारले नयाँ नयाँ कार्यको योजना ल्याउने भन्दै केही घण्टाभित्र डिजिटलका बारे केही कार्य मेरो कित्ता कार्यक्रम शुर गर्ने बताए। उनले जनआन्दोलनलगायतमा पीडितलाई सम्मान गर्ने कार्यक्रम रहेको भन्दै सरकारले थालिसकेका कामहरुलाई छिट्दै पुरा गर्ने बताए । सरकारका कामले गौरवपूर्ण ईतिहास पुन सरकारले सम्झेको भन्दै देशमा दुर्ग स्थान नहुनेगरी अगाडी बढ्ने बताए । सरकारसँग स्पष्ट गन्तब्य भएको भन्दै समाजका कुनैपनि पक्षलाई लागानीको वातावरण बनेको बताए । उनले सरकारले विकासको रुपलाई तीब्र तरिकाले अगाडी बढाउने भन्दै राष्ट्र निर्माणमा सरकारले गरेको प्रयास कसैले बिथोल्नै प्रयास गरे नपत्याउन आग्रह गरे । प्रधानमन्त्री ओलीले राष्ट्रय हीतलाई बचाउँदै न्यायरहित राष्ट्रहीत, विकासको पक्ष, समानताको पक्षलाई ध्यान दिएर अन्तर्राष्ट्यि सम्बन्ध कायम राख्ने बताए । उनले बिश्वलाई नै शान्ती आवस्यक रहेको भन्दै अबको बिश्वलाई भय र त्रासयुक्त बिश्व, सुरक्षीत बिश्वलगायतको निर्माणमा लाग्नुपर्ने बताए । उनले सरकारले युवाशक्तीलाई साथमा लिएर काम गर्ने भन्दै आज बिदेश नेपालभन्दा बढी असुरक्षीत भएको दाबी गरे । प्रधानमन्त्री ओलीले जो रोजागरी उपलब्ध छ गरौं, नभए आफुलाई उपर्युक्त रोजगारी गर्दै नेपालमा नै बस्न आग्रह गरे ।