१२ वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बसिरहेको छ । सबै सदस्यहरु उपस्थित भईनसकेकाले बैठक औपचारिक रुपमा शुरु हुन अझै केहीबेर लाग्ने प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कपी शर्मा ओलीले आज १० बजेका लागि अपरर्झट बोलाईएको बालुवाटार बैठकका एजेण्डाबारे नखुलाईएको नेताहरुको दाबी छ।
वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका ३२ सांसदलाई मागिएको स्पष्टीकरणलगायतका आजको बैठकमा छलफल हुने बताइएको छ । बैठकमा ती सांसदले बुझाएका स्पष्टीकरणको विश्लेषण गरी कारबाहीबारे निर्णय हुन सक्ने सम्भावना रहेको देखिन्छ ।
प्रधानमन्त्री ओली एमाले नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षले पछिल्लो समय देखाएको राजनीतिक कृयाकलाप चित्त नबुझ्दो भएकाले नेताहरुमाथी थप कारबाही हुनसक्ने अनुमानसमेत राजनीतिकबृतमा लगाईएको छ ।





