खेलकुद

आईपीएल : हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीको चौंथो जित

१३ वैशाख, काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ । चेन्नईमा भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित निकालेको हो ।

दिल्लीले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा हैदरावादले ७ रन जोड्यो । जवाफमा दिल्लीले ८ रन जोड्दै खेल आफ्नो बनायो ।

सुपर ओभरमा जानु अघि हैदरावादका केन विलियम्सनले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । त्यसैगरी जोनी बेयर्स्टोले ३८ रन बनाए । जगदीश सुचिथ १५ रनमा अविजित रहे । दिल्लीका अभेस खानले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ऋषव पन्तले ३७ रन जोड्दा स्टिभ स्मिथले अविजित ३४ रन बनाए । शिखर धवन २८ रनमा आउट भए ।

हैदरावादका सिदार्थ कउलले २ विकेट लिए । राशिद खानले १ विकेट लिए । जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।