राजनीति

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश हुँदै

१३ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतबार प्रदेश सभामा अविश्वास प्रस्ताव पेश गर्ने तयारी छ । आज दिउँसो २ बजे बोलाइएको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुन लागेको हो।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदले वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए। प्रस्ताव दर्तासँगै सोही दिन २८ सांसदले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गरेका थिए । ६ वैशाखमा प्रदेश प्रमुख अमिक शेरचनले १३ वैशाखका लागि अधिवेशन आह्वान गरेका थिए ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई गरी २८ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । आज अधिवेशन शुरुसँगै पहिलो बैठकमै अविश्वासको प्रस्ताव टेबुल हुने भएको छ ।