१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ । मन्त्रिपरिषद् बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्ने बताइएको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले पाँच सय सङ्क्रमित नाघेका जिल्लामा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । त्यस्तै अहिले चलिरहेका सम्पूर्ण तहका परीक्षा तत्काल रोक्ने निर्णय समेत गरेको छ ।





