१४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल भइरहेको छ । जसपाको पार्टी कार्यालय बालकुुमारीमा ६ जना नेताहरुको बैठक बसिरहेको हो ।
नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठको बैठक बसिरहेको बताइएको छ ।
जसपाभित्र अहिले मत विभाजन भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने कि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेमा पार्टी भित्रै विवाद भइरहेको छ । आजको बैठकले कार्यकारिणी समितिको बैठक बोलाउने सम्भावना रहेको बुझिएको छ ।





