राजनीति

हिजो गणतन्त्रका लागि रगत बगायौं, आज गुण्डातन्त्र भोग्न बाध्य भयौं -नेता गुरुगं

१७ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले दिपक मनागेंलाई गण्डकी प्रदेशको मन्त्री बनाईएकोप्रति असन्तुटी हुँदै हिजो गणतन्त्रका लागि रगत बगायौं, आज गुण्डातन्त्र भोग्न बाद्य भयौं भनेका छन् । नेता गुरुगंले साँकेतिक रुपमा उक्त दिपक मनागें भनिने राजीव गुरुगंसँग जोडेर गुण्डाराजको बारोमा असन्तुष्टी पोखेका छन् ।
नेता गुरुग्ंले गणतन्त्रको फूलबारीमा समृद्धिको फूल फूलाउन सकेनौं। तर गणतन्त्रको फूलबारीमा गुण्डातन्त्र फूलायौं, त्यही गुण्डातन्त्रको माला गलामा लगाएर नेताहरु छमछम नाचिरहेका छन् भनेका छन् ।

धनराजको ट्वीटः गणतन्त्रको फूलबारीमा समृद्धिको फूल फूलाउन सकेनौं। तर गणतन्त्रको फूलबारीमा गुण्डातन्त्र फूलायौं। त्यही गुण्डातन्त्रको माला गलामा लगाएर नेताहरु छमछम नाचिरहेका छन्। हिजो गणतन्त्रका लागि रगत बगायौं। आज गुण्डातन्त्र भोग्न बाद्य भयौं।
‘के सोंचे मैले, के भयो अहिले!’