राजनीति

आइसियु/अक्सिजन/भेन्टिलेटर/वेड/औषधी नपाएर मृत्यु भएकाहरू राज्यबाट गरिएको हत्याः नेता केसी

२३ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले आइसियु, अक्सिजन, भेन्टिलेटर, वेड र औषधी नपाएर मृत्यु भएकाहरू राज्यबाट गरिएको हत्या भएको बताएका छन् । उनले ट्वीट गर्दै कोरोना संक्रमण गत हप्ता भन्दा१२७ प्रतिशतले वृद्धि, आज मात्र५८को मृत्यु र ८६५९ संक्रमित, सरकारले१५ महिनादेखि जारी अनेकौ अध्यादेशमा कोरोना संक्रमण नियन्त्रण अध्यादेश किन ल्याएन ? भन्ने प्रश्न गर्दै उक्त आरोप लगाएका हुन् । चारैतिर मृत्युको ताण्डव भएको भन्दै पुर्वमन्त्रीसमेत रहेका नेता केसीले कोरोनामा सरकारले देखाएको उदाशिनतामा चिन्ता ब्यक्त गरेका छन् ।

उनको ट्वीटः कोरोना संक्रमण गत हप्ता भन्दा१२७ प्रतिशतले वृद्धि, आज मात्र५८को मृत्यु र ८६५९ संक्रमित, सरकारले१५ महिनादेखि जारी अनेकौ अध्यादेशमा कोरोना संक्रमण नियन्त्रण अध्यादेश किन ल्याएन ? चारैतिर मृत्युको ताण्डव छ। आइसियु, अक्सिजन, भेन्टिलेटर, वेड र औषधी नपाएर मृत्यु भएकाहरू राज्यबाट गरिएको हत्या हो।