काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्रोतका अनुसार नेपाल-खनाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न बैठक बस्ने भएको हो।
यसअघिनै बसेको नेपाल-खनाल समूहको बैठकले २ जेठ २०७५ मा फर्कन ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो । ओली पार्टीको संरचना, विधान र नेतृत्व मान्न तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् ।





