पु.समाचार

अमेरिकी डिभी २०२२ को नतिजा सार्वजनिक

काठमाडौं । अमेरिकी डिभी २०२२ को नतिजा सार्वजनिक भएको छ । डिभी नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी डिभी २०२२ को नतिजा हेर्नको लागि dvprogram.state.gov वेबसाइटमा हेर्न सकिनेछ । डिभी पर्न सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ ।

डिभी पर्न सफल आवेदकहरूलाई भिसा अन्तर्वार्ताका लागि कुनै शुल्क लाग्ने छैन ।