देउवाले ठाकुर र महतोलाई ढुक्क हुँदै भने, ‘मलाई प्रधानमन्त्रीमा सघाउनुस्’
२६ लबैसाख काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई बुढानिलकण्ठस्थीत निवासमा बोलाएर भेट गरेका छन् ।
सभापति देउवाले दुई नेताहरुलाई निवासमा बोलाएर जसपाले आफूलाई प्रधानमन्त्रीमा सघाउन र केपी शर्मा ओलीलाई बिश्वासको मत नदिन आग्रह गरेको बताइएको छ ।
प्रधानमन्त्ती केपी शर्मा ओलीले बिश्वासको मत लिन २७ गते बस्न लागेको बैठकको लागि आ–आफ्नो पक्षमा माहौल मिलाउन प्रधानमन्त्रीको पार्टी नेकपा एमाले र अन्य बिपक्षी दलहरु लागेका छन् ।
प्रधानममन्त्रीको पार्टी नेकपा एमालेले पनि एमालेकै असन्तुष्ट पक्षहरु माधव नेपाल र झलनाथ खनाल पक्षलाई कारबाही फुकुवा गरेर अगाडी बढ्ने बिषयमासमेत छलफल भएको छ ।
प्रधानमन्त्रीलाई बिश्वासको मत दिने भनेका असन्तुष्ट पक्षहरुले सामूमीक रुपमा आफ्ना साँसदहरुलाई राजीनामा दिन लगाउने बिषयमा पनि बैठक बसिरहेका समाचार आईरहेका छन् ।
महन्थ ठाकुर काँग्रेसकै पहिलाका शेरबहादुर देउवाका सहयात्री भएकाले पनि देउवा ठाकुरसँग केही नजिकिन चाहेको कारण आफूलाई सघाउनेमा बिश्वस्त छन् । त्यस भेटलगत्तै ठाकुर र महतो प्रधानमन्त्रीले बोलाएको सँबैधानिक परिषदको बैठकमा भाग लिन बालुवाटार गएका छन् भने सभापति देउवाले उक्त संबैधानिक परिषद बैठक बहिस्कार गरिसकेका छन् ।
उनीहरुले जसपा अबिबश्वासको प्रस्तावमा तटस्थ बस्ने तर त्यसपछि बस्नने चुनावी सरकारमा सहमतीमा अगाडी बढ्ने संन्देश दिएको बताइएको छ ।





