राजनीति

कोरोनाबाट त्रसित भएर होईन, आत्मबल उच्च बनाएर घरभित्र नै सुरक्षित हौं : शान्ता चौधरी

काठमाडौं । पछिल्लो केहि समयदेखि नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सबै क्षेत्र पूर्ण रुपमा बन्द गरिएको छ। नेपालमा कोरोना संक्रमण बढेपछि विभिन्न जिल्लाहरुमा निषेधज्ञा गरिएको छ।

कोरोनाका कारण दिनप्रतिदिन नेपालीको मृत्यु भएपछि नेकपा एमालेकी नेत्री शान्ता चौधरीले कोरोनादेखि त्रसित भएर होईन, आत्मबल उच्च बनाएर घरभित्र नै सुरक्षित रहन आग्रह गरेकी छन्।

चौधरीले सामाजिक संजालमा लेखेकी छन्, “कोरोना संक्रमितको संख्या दिनहुँ डरलाग्दो ढङ्गले थपिदै छ , चुनौती बढ्यो । त्रसित भएर होईन , आत्मब उच्च बनाएर घरभित्र नै सुरक्षित हौं । अनुशासन नै कोरोना विरुद्धको एक मात्र औषधि हो”