२७ वैशाख, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल समूहका साँसदहरुले बिश्वासको मत लिने आजको १ बजेको कार्यक्रममा भाग नलिने निर्णय गरेका छन् । आज बिशवासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मतदान गर्नुअघि नै साँसदबाट राजीनामा दिने अनुमान गरिएपनि बिहानदेखी बसेको नेपाल खनाल पक्षको बैठकले मतदान गर्न नजाने निर्णय गरेको एमाले नेता भीम रावलले जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिश्वासको मत नपाउने र त्यसपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने राजनीतिक बिश्लेशण गरिरहेका बेला नेपाल पक्षले अनौठो निर्णय गर्दै प्रधानमन्त्रीको पक्षमा बिश्वासको मत दिन नजाने निर्णय गर्दा प्रधानमन्त्री थप अप्ठ्यारोमा परेका छन् । प्रधानमन्त्रीले पदबाट राजीनामा दिने भनिएपनि के गर्छन त्यो बिषयमा ठोकुवा गर्न नसकिएपनि प्रधानमन्त्री केपी शर्माँ ओलीको पद धरापमा परेको टिकाटिप्पणी सतहमा आईरहेको देखिएको छ ।





