काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै विदाई गर्नुपर्ने प्रमुख कारणहरु औँल्याएका छन्। उनले सामाजिक संजालमा ओलीलाई आजै विदाई गर्नुपर्ने ४ वटा प्रमुख कारण देखाएका छन्।
उनले लेखेका छन्, “ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण:१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको;२.संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको;३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको;४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!”





