२७ बैसाख, काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले प्रधानमन्त्री ओलीले रथ र जुलुश लिएर हिँडेका कारण दोस्रो चरणको कोरोनाको लहर आएको बताए । अध्यक्ष दहालले आफ्नो निर्बाचन क्षेत्रमा रथ यात्रा कोरोनाका बेला कयौं उद्घाटन बालुवाटार बसेर गरेको १६५ वटा रणनीतिक योजना, १२ वटा स्मार्ट सिटी बनाएको सही भएपनि उद्घाटन भएपनि न बजेट न कार्ययोजना भएको सम्झन आग्रह गरेका छन् । अध्यक्ष दहालले प्रधानमन्त्रीले मौका पाएका बेला कुनैपनि बेला संसद पुनः बिघटन गर्ने मनशायमा रहेको आफुलाई शंका गर्ने प्रशस्त ठाउँ भएको बताए । प्रधानमन्त्री ओलीलाई बिश्वासको मत माग्नै कुैनै नैतिक हैशियत नभएको बताएका छन् ।
अध्यक्ष दहाले प्रधानमन्त्रीबाट राजीनामा दिएर बाटो खोल्न आग्रह गर्दै संघीयताका बारेमा पहिले नै बिरोध गरेपनि प्रधानमन्त्री भएपछि दम्भ बढेको बताए । प्रधानमन्त्रीले जतिबेला पनि झोलुंगे पुल बनाएकोलगायतका विकासका ब्याख्या गरेपनि त्यो जनताले महशुस नगरेको अध्यक्ष दहालले बताए । अध्यक्ष दहालले देशमा भएको आत्माहत्याको दर, महिला हिँसाको दर, भ्रष्टाचारको पराकाष्ठाका कारण देश बर्बाद भएको अवस्था हेर्दै प्रधानमन्त्रीको कुर्शी ज्यान जाला पनि पनि नछाड्ने अवस्थामा रहेको बताए ।
अध्यक्ष दहालले सबै बिषयमा समीक्षा गर्ने बेला आएको भन्दै ज्यान जाला प्रधानमन्त्री पद नछाड्ने अवस्थामा रहेको भन्द्यै सभापति शेरबहादुर देउवाले ७६ २ को प्रकृयामा नयाँ प्रधानमन्त्री बनाउने प्रकृयामा अगाडी बढ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीको बिपक्षमा मतदान गर्न आग्रह गरेका छन् ।





