राजनीति

एउटा ‘अपराधी’ले आर्को ‘अपराधी’लाई पालैपालो ‘अपराध’को आरोपः संयोजक मिश्र

२७ बैसाख, काठमाडौं । विवेकशील साझा पार्टीका संसोजक रवीन्द्र मिश्रले भनेका छन्, ‘एउटा यस्तो सिनेमा हेर्दैछु, जहाँ एउटा ‘अपराधी’ले आर्को ‘अपराधी’लाई पालैपालो ‘अपराध’को आरोप लगाइरहेछन्। र, म दर्शकका रुपमा मनोरञ्जन लिइरहेछु ।’
संयोजक मिश्रले प्रश्न गर्दै भनेका छन्, ‘तर विडम्वना के भने, मजस्ता दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनिरहने छन्। र, म हेरिनै रहेको हुनेछु। यो विडम्वनालाई कसरी तोड्ने होला ?’
उनको ट्वीटः एउटा यस्तो सिनेमा हेर्दैछु, जहाँ एउटा ‘अपराधी’ले आर्को ‘अपराधी’लाई पालैपालो ‘अपराध’को आरोप लगाइरहेछन्। र, म दर्शकका रुपमा मनोरञ्जन लिइरहेछु। तर विडम्वना के भने, मजस्ता दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनिरहने छन्। र, म हेरिनै रहेको हुनेछु। यो विडम्वनालाई कसरी तोड्ने होला ?