राजनीति

अब राजसंस्था र हिन्दूराष्ट्र अनि संबिधानमाथी पुनःबिचार गर्नुपर्छः अध्यक्ष थापा

२७ वैशाख, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले अहिले जो सुकै प्रधानमन्त्री बनेपनि उपर्युक्त बिकल्प भनेको निर्बाचन नै भएको बताएका छन् ।
अध्यक्ष थापाले अहिले जुनसुकै सरकार बने पनि विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव नै हो भनेका छन् । उनले ट्वीट गर्दै विगत केही बर्षका घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्य माथि समेत प्रश्नचिन्ह खडा भएको जिकिर गरेका छन् । उनले अव पुनर्विचार गर्ने बेला भयो भन्दै राजसंस्थाको औचित्यतातर्फ संकेत गर्दै राजसंस्था ल्उाउने बेला भएको बताउन खोजेका छन् ।
अध्यक्ष थापाले ट्वीटमार्फत नै सरकार निर्माण प्रकृया शुरु गर्न आग्रह गर्दै भनेका छन्, ‘कोरोना महामारी विकराल भयो।आज ९ हजार संक्रमित र १३९ मृत्यु भएको छ। यस्तो अवस्थामा प्रम पदमुक्त भएका छन्,सरकार काम चलाउ।यो स्थिति तत्काल अन्तगर्न छोटो समय दिएर राष्ट्रपतिद्वारा संविधानको धारा ७६(२)अनुसार सरकार गठन गर्ने प्रक्रिया शुरू गर्नुपर्छ।यो अन्यौलरअस्थिरता चॅाडो अन्त हुनुपर्छ ।’
उनको ट्वीट । अहिले जुनसुकै सरकार बने पनि विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव नै हो। साथै विगत केही बर्षका घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्य माथि समेत प्रश्नचिन्ह खडा भएको छ।अव पुनर्विचार गर्ने बेला भयो।