राजनीति

धनराजको सल्लाह: भ्रष्टाचारी सरकार ढल्दा उफ्रिनु भन्दा प्रतिपक्षी नेताहरुले गम्भीर हुनुपर्छ

२७ वैशाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले स्वेच्छाचारी, निरङ्कुश, भ्रष्टाचारी, अहंकारी, सरकार ढल्यो भन्दै उफ्रिनु भन्दा प्रतिपक्ष दलका नेताहरुले गम्भीर भएर पाइला चाल्नु पर्ने अबस्था आएको बताएका छन् ।
नेता गुरुङले ट्वीट गर्दै भाले हुँ भन्ने तर सभामुख आसनको पछाडि पट्टी पोथी बनेर कोरल्न बस्ने प्रबृत्तिले राजनीतिमा जहिले पनि जटिलता निम्त्याउँने बताएका छन् । ।
आज बिश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री ओली कामचलाउमा सीमीत भएका छन् भने उनको बहिर्गमनपछि कतिपय नेताहरु निकै नै खुशी भएका छन्, नेता गुरुङले जिम्मेवार भएर लाग्नुपर्ने विचार दिएका छन् ।
उनले होस पुर्‍याऊन आग्रह गर्दै पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री हुन सक्ने अनुमान यसअघि पनि लगाएका थिए ।
उनको ट्वीटः स्वेच्छाचारी,निरङ्कुश,भ्रष्टाचारी,अहंकारी, सरकार ढल्यो भन्दै उफ्रिनु भन्दा प्रतिपक्ष दलका नेताहरुले गम्भीर भएर पाइला चाल्नु पर्ने अबस्था आयो है।
भाले हुँ भन्ने तर सभामुख आसनको पछाडि पट्टी पोथी बनेर कोरल्न बस्ने प्रबृत्तिले राजनीतिमा जहिले पनि जटिलता निम्त्याउँछ।
होस पुर्‍याऊ।