काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सतर्क रहौं, चलखेल नहोस भन्दै आग्रह गरेका छन्। भट्टराईले केपी शर्मा ओलीलाई वैकल्पिक सरकार बन्न नदिने संसद विघटन गर्ने, प्रायोजित चुनाव गर्ने, राष्ट्रपतिसंस्था दुरूपयोग गर्ने जस्ता कार्य नगर्न आग्रह गरेका छन्।
भट्टराईले राजपा फुटाउने कार्य नगर्न समेत आग्रह गरेका छन्। भट्टराईले मधेसी जनता/नेता भेडाबाख्रा नभएको बताएका छन्।
भट्टराईले लेखेका छन्, “सतर्क रहौं चलखेल नहोस:वैकल्पिक सरकार बन्न नदिने+संसद विघटन गर्ने+प्रायोजित चुनाव गर्ने!त्यसनिम्ति राष्ट्रपतिसंस्था दुरूपयोग गर्ने+राजपा फुटाउने!ख्याल रहोस्-मधेसी जनता/नेता भेडाबाख्रा हैनन् जसलाई हरियो घाॅस देखाएर वली चढाउन सकियोस्,वा उनीहरू यताका शासकबाट उम्केर उताका खोरमा परून्!”





