राजनीति

अब बल दलहरूको कोर्टमा आएको छ, संकीर्ण दलीय/गुटीय सोच भन्दामाथि उठ्नुपर्छ : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अब बल दलहरूको कोर्टमा आएको बताएका छन्। भट्टराईले प्रश्न एक थान सरकारको मात्र नभएर मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु रहेको बताए ।

भट्टराईले सबै संकीर्ण दलीय/गुटीय सोच भन्दामाथि उठ्नुपर्ने र वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताए। भट्टराईले लेखेका छन्, “अब बल दलहरूको कोर्टमा आएको छ।प्रश्न एक थान सरकारको मात्र हैन;मुख्य प्रश्न लोकतन्त्रको रक्षागर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो।त्यसनिम्ति सबै संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठ्नैपर्छ।वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ!”