काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेपछि सभापति देउवाले दिउँसो तीन बजे बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।
उक्त पदाधिकारी बैठकपछि अन्य पक्षसँग पनि बैठक बोलाउने तयारी भएको छ ।





