२८ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारी तथा पुर्व पदाधिकारी बैठकले नेपाली काँग्रेसले सरकारको नेतृत्व दाबी गर्ने निर्णय गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले बदलिँदो राजनीतिक परिस्थितिमा काँग्रेसको नेतृत्वको सरकारको लागि पहल गर्ने निर्णय गरेको छ ।
२७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत गुमाएर प्रधानमन्त्री पद गएपछि नयाँ प्रधानमन्त्री चयन प्रकृया शुरु भएको छ । जेठ २ गतेका प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीले आह्वान गरिसकेको अवस्थामा काँग्रेसले आफ्नो दलले पनि प्रधानमन्त्रीमा दाबी गर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशसरण महतले जानकारी दिएका छन् ।
काँग्रेस, माओबादी केन्द्र र जसपाले मतदान गरेमा काँग्रेसको बहुमत पुग्ने देखिन्छ । जसपाको राजेन्द्र महतो र महन्थ ठाकुर पक्षले हालेका तटस्थ मतदान जोड्दा स्पष्ट १३९ मत पुग्ने देखिन्छ । उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षले भने काँग्रेसलाई यसअघि बिश्वासको मतको बिरुद्धमा मतदान गरेका थिए ।
नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल पक्षका २८ जना साँसदको भ्रमिका कस्तो हुन्छ त्यसले पनि नयाँ प्रधानमन्त्री बन्ने निश्चित गर्ने देखिन्छ । एमालेमा प्रधानममन्त्री केपी शर्मँ ओली पक्षमा ९१ जना साासद छन् भने माधव नेपाल पक्षमा २८ जना छन् । प्रतिपक्षी दलको भूमिकामा भएको नेपाली काँग्रेसले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाबिक भएको नेताहरुको दाबी छ ।
आजै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालबीच भेटघाट भएको थियो ।





