पु.समाचार

आजमात्रै २२५ जनाको कोरोनाका कारण गयो ज्यान, ९ हजार ८८३ जना थपिए नयाँ संक्रमित

२८ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २२४ जनाको निधन भएको छ । यस्तै कोरोना संक्रमितको संख्या ९ हजार ४८३ पुगेको छ । कोरोना संक्रमणका कारण आक्रान्त बनेको नेपालमा हिजो १३९ जनाको निधन भएको अवस्थामा आज झनै ह्वात्तै बढेको छ । आजसम्म नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ४ हजार ८४ जना पुगेका छन् । २१ हजामर ३१६ जनामा कोरोना परीक्षण गर्दा उक्त संक्रमितहरु थपीएका छन् । आज कोरोना जितेर घर फर्किनेको संख्या ५ हजार २२५ रहेको छ ।
उपत्यकालगायत झण्डै ७० वटा जिल्लामा पूर्ण तथा आँशिक रुपमा निशेधाज्ञा लागिसकेको अवस्थामा आजबाट उपत्यकामा सरकारले १५ दिन निशेधाज्ञा थप्ने निर्णय गरेको छ ।