राजनीति

डा भट्टराईको प्रस्तावः पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा एक बर्षमा निर्बाचन गर्न राष्ट्रिय सरकार बनाऔं

२९ बैसाख, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा एक बर्षमा निर्बाचन गर्न राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् । उनले ४ वटा प्रस्तावमा महत्वपूर्ण अर्को प्रस्ताव पनि ट्वीटमार्फत राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत नदिएको जनता समाजबादी पार्टीको बाबुराम उपेन्द्र समूहले काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्छ भन्ने अनुमान भएपनि पूर्व प्रधानमन्त्रीबाहेककाको नेतृत्वमा सरकार बनाउन नहुने नयाा प्रस्तावले उक्त समूहले काँग्रेसलाई सघाउने देखिन्न । नेपाली काँग्रेसले सरकारको नेतृत्व पाए सभापति, संसदीय दलका नेता तथा पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा एक्ला प्रत्यासी हुन् । सभापति देउवा एक्ला प्रत्यासी भएकाले डा बाबुरामले पूर्व प्रधानमन्त्रीलाई नयाँ प्रधानमन्त्रीमा नसघाउने संकेत गरेका छन् ।
उनको ट्वीटः देशको संकट हल गर्न यसो गरौंः १.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमानरपूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २.दलका प्रमुखरपूर्व प्रम रहेको निर्देशक समिति ३.साझा न्यूनतम कार्यक्रम, कोभिड नियन्त्रण, TRC/मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ. लागू ४.एक बर्षभित्र चुनाव !