राजनीति

४ बजेभित्रमा ओली पक्षले माग पुरा नगरे साँसदहरुले सामूहीक राजीनामा दिन्छौंः भीम रावल

३० बैसाख, काठमडौं । नेकपा एमालेका नेता भीम रावलले आज अपरानह ४ बजेसम्ममा ओली पक्षले माग पुरा गरेमात्र आफूहरुका पक्षका साँसदहरुले राजीनामा नदिने बताएका छन् ।
उनले पत्रकारसँग बोल्दै भने, ‘हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेका छौं । अब हाम्रा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीको बीच वार्ता हुँदैछ । वार्ता हुनु ठीक छ ।
आज ओली पक्षका स्थायी समिति सदस्यहरुको बैठकले माधव कुमार नेपाललगायतका कारबाहीमा परेका नेताहरुलाई फुकुवा गरेको छ । कारबाही फुकुवा गरेपनि नेपाल पक्षको २०७५ साल जेठ २ गतेभन्दा अगाडीको नेकपा एमालेजस्तो हुनुपर्ने बताएका छन् । यसैबीच एमाले नेपाल पक्षको बैठक बसेर निर्णय गरिसकेको छ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दावी गर्न दिएको समयमा बहुमत जुटाएर प्रधानमन्त्री बन्न नेता तथा दलहर एकआपसमा लागि परिरहेका छन् ।