सामाजिक सञ्जाल

डा देवकोटाले भने, ‘निष्ठा र ईमान्दारिताको राजनीति गर्ने म, उम्मेद्वारी कुनैहालतमा फिर्ता हुन्न’

३१ बैसाख, काठमाडौं । राष्ट्रिय सभाका उमेद्वार खिमलाल देवकोटाले आफुले कुनै हालतमा उम्मेद्वारी फिर्ता नलिने बताएका छन् । उनले भनेका छन्, ‘निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।’

उनको बिज्ञप्तीः २०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले मेरो उम्मेदवारी प्रति जिज्ञासा राख्नु स्वभाविक नै हो । मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन । राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ, । यसमा विवाद हुन सक्दैन । तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।
निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।
नेकपा एमालेका नेता कार्यकर्ता लगायत सवै राजनीतिक दलहरुले म प्रति पूर्ण विश्वास र सदभाव राख्नु भएको अवस्थामा मेरो उम्मेदवारी प्रति म प्रतिवद्ध छु । तसर्थ सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु ।
हार्दिक कृतज्ञता सहित ।
डा। खिमलाल देवकोटा
राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार ।
वागमती प्रदेश ।