राजनीति

ओलीसँग भएको सहमतिबारे जानकारी दिन नेपालले बोलाए केन्द्रीय सदस्यहरुको बैठक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने भएको छ ।

नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन् । उक्त सहमतिपछि माधव नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी स्थगित भएको थियो ।