राजनीति

प्रधानमन्त्री ओलीले खाए राष्ट्रपति भण्डारीबाट सपथ, दोहोरिए पुरानै मन्त्री

३१ बैसाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक राष्ट्पति बिद्यादेवीस् भण्डारीबाट प्रधानमन्त्रीमा सपथ खाएका छन् । प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरुलाईसमेत समावेश गराउँदै सपथ खुवाएका छन् । राष्ट्पति निवास शितल निवाशमा केहीबेर अगाडीमात्र प्रधानमन्त्री ओलीले सपथ खाएका हुन् ।
प्रधानमन्त्रीले सपथ खाएपछि उपप्रधान मन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थपालगायतले राष्ट्रपति भवन शीतल निवाशमा सपथ खाँदैछन् ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी भएका थिए ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० लगायत दल असफल भएका थिए । प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।