राजनीति

प्रधानमन्त्री को बन्यो? भन्दा पनि प्रधानमन्त्री बनाउन बिदेशीको चलखेल किन? –नेता गुरुङ

३१ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपालमा प्रधानमन्त्री को बन्यो भन्दा पनि प्रधानमन्त्री बनाउन बिदेशी चलखेल कति भयो भन्ने कुरा महत्वपूर्ण भएके टिप्पणी गरेका छन् । उनले आज प्रधानमन्त्रीमा नियुक्ती भएका केपी शर्मा ओलीले सपथ लिएको बिषयलाई जोड्दै बिदेशी शक्तिसँग हारगुहार गर्नेहरुले बुझुन्मुः लुकको स्वाधीनता प्रधानमन्त्री पदसँग साट्ने बस्तु हैन भनेका छन् । नेता गुरुङले भनेका छन्, ‘बिदेशीले पनि बुझुन्ः यतिखेर प्रधानमन्त्री बनाउने खेलमा चासो दिनुको सट्टा खोप पठाई दिएको भए असल मित्र ठहरिने थियो ।’
नेता गुरुङको ट्वीटः प्रधानमन्त्री को बन्यो? भन्ने भन्दा पनि प्रधानमन्त्री बनाउन बिदेशीको चलखेल किन? भन्ने कुरा गम्भीर छ।
बिदेशी शक्तिसँग हारगुहार गर्नेहरुले बुझुन्मुः लुकको स्वाधीनता प्रधानमन्त्री पदसँग साट्ने बस्तु हैन।
बिदेशीले पनि बुझुन्ः यतिखेर प्रधानमन्त्री बनाउने खेलमा चासो दिनुको सट्टा खोप पठाई दिएको भए असल मित्र ठहरिने थियो।