राजनीति

देशको माया आम सर्बसाधारणलाईमात्र छ, अधिकांश नेतालाई मतलब छैनः रविन्द्र मिश्र

३१ बैसाख, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले यो देशको माया आम सर्वसाधारणलाई भएको र अधिकांश नेतालाई यो देश भाँड मे जाओस्, मतलब छैन भन्ने तर्क गरेका छन् ।
उनले आज प्रधानमन्मा केपी शर्मा ओलीले पुनः सपथ खाएको समयलाई मध्यनजर गर्दै बीस वर्ष पत्रकारिताको केन्द्रमा रहेर यो देशको बारेमा जे सुनेँ/देखेँ/बुझेँ र त्यसले जे दृष्टिकोण निर्माण गर्यो त्यसलाई ४ वर्षको राजनीतिक यात्राले पुष्टी गरिदिएको दाबी गरेका छन् । उनले कतिपय नेतालाई तिनलाई केवल तिनको भाँडा भरिए पुग्छ भनेका छन् ।
संयोजक मिश्रको ट्वीटः बीस वर्ष पत्रकारिताको केन्द्रमा रहेर यो देशको बारेमा जे सुनेँ/देखेँ/बुझेँ र त्यसले जे दृष्टिकोण निर्माण गर्यो त्यसलाई ४ वर्षको राजनीतिक यात्राले पुष्टी गरिदिएको छ। यो देशको माया आम सर्वसाधारणलाई छ।अधिकांश नेतालाई यो देश भाँड मे जाओस्, मतलब छैन। तिनलाई केवल तिनको भाँडा भरिए पुग्छ।