पु.समाचार

आज कोरोनाका कारण २०३ जनाको निधन, ८५ सय २० जना थपिए नयाँ संक्रमित

३१ बैसाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २०३ जनाको निधन भएको छ । आज कोरोना संक्रमितहरु ८ हजार ५२० जना थपिएका छन् । आज २१ हजार ४७८ जनामा परीक्षण गर्दा उक्त संक्रमितहरु थपिएका हुन् । आजै कोरोना जितेर घर फर्किनेहरु ६ हजार १३५ जना भएका छन् । जाजसम्म कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ४६ सय ६९ पुगेको छ ।