राजनीति

ओली–नेपालसहितका एमाले शीर्ष नेताहरु छलफलमा, नेपाल पक्ष ओलीसँग अझै शसंकीत

३१ वैशाख, काठमाडौँ । नेकपा (एमाले) का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन् ।
पार्टीका एवं प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, भीमबहादुर रावल, सुरेन्द्र पाण्डेसहितका नेताहरु सिंहदरबारमा छलफलमा जुटेका हुन् ।
बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्रको विवाद कार्यदलमार्फत् छलफल गरी सहमतिमा टुङ्गो लगाउने समझदारी भएको थियो । बरिष्ठ नेता माधव कुमार नेपाल पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसंग शसंकीत छ भने प्रधानमन्त्री केपी शर्मा ओली नेपाल पक्ष कुनैपनि हालतमा एमालेकै रहनेमा ढुक्क छ । बिहीबार प्रधानमन्त्री नियुक्तीको केहीबेर अगाडी मात्र नेपाल पक्षसँगको कार्यदल बनाएर अगाडी बढ्ने बिषयमा ओली र नेपाल पक्षबीच कुरा मिलेपछि नेपाल पक्षका साँँसदहरुले राजीनामा दिनबाट पछि हटेका थिए ।