राजनीति

काँग्रेसका युवा नेताहरुको एकै स्वरः भदौ ७ भन्दा पछाडी काँग्रेस माहाधिवेशन कुनै हालतमा सार्न सकिँदैन

१ जेठ, काठमाण्डौ ।नोपली काँग्रेसकी केन्द्र्रीय सदस्य डा डिला संग्रौलाले नेकपा एमादे नेतृत्वको सरकारले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको जनताले बुझिसकेको भन्दै काँग्रेसले राष्ट्र र जनताको लागि आन्तरिक लोकतन्त्र बलियो बनाउन आवस्यक रहेको बताई् । उनले १४ माहाधिवेशनको बिषयमा गम्भीर हुँदै अहिलेको जटिल अवस्थालाई मध्यनजर गरेर केन्द्रदेखी वडासम्म नै बिकेन्द्रीत निर्बाचन प्रणाली अपनाउनुपर्ने बताईन् । उनले अधिवेशन भनेको कार्यकर्ताको मूलयाँकन आवश्यकता भएको बताईन् । उनले काँग्र्सको बैचारिक र शैद्धान्तिक बिषय महत्वपूर्ण हुन जररी भएको बताईन् । यसको स्पष्टता जरुरी भएको नेतृ संग्रौलाको दाबी छ । उनले सरकारको ध्यान सत्ता, कुर्शी र बालुवाटार भएको पुष्टी भएको भन्दै मुलुकको राजनीतिको पर्दा पछाडी कसलले खेलिरहेको छ भन्ने प्रश्नचिन्ह खडा भएको बताईन् । उनले बिहेशी शक्तीले पछिल्लो अवस्थामा धेरै खेलेको भन्दै प्रतिपक्षीको भूमिका प्रतिनिधि सभा र राष्ट्यि सभामात्र नभएर स्थानीय तह र प्रदेश पनि भएको भन्दै त्यसको हेर्ने संयन्त्र गठन हुन जररुरी भएको बताईन् । उनले काँग्रेसले निर्बाचन जित्ने रणनीतिको रुपमा कुरा गर्दै संबिधातः निर्बाचन भएपनि १० महिनामा निर्बाचन हुनसक्ने हुँदा जनजीवीका र जनसवालका बिषयमा काँग्रेसले बोल्न नसकेका, कम्युनिष्ट फुटेर काँग्रेस बलियो हुने सोच भन्दा काँग्रेसलाई बलियो बनाउने रणनीति लिँदै सहमती र सहकार्यको दीशामा अगाडी बढ्नुपर्ने बताईन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले २००७, २०१७ साललगायतका हरेक आन्दोलनमा काँग्रेस राजनीतिको केन्द्रबिन्दुमा भएपनि अहिले आएर समस्या भएको बताएको छ । अहिले नेपालका छिमेकी राष्ट्र चीन र भारत दुबैले कम्युनिष्ट पार्टीको एउटा गुटलाई समातेका र अर्को कम्युनिष्ट पार्टीको समूहलाई समातेपनि काँग्रेससँग गफ गर्न नै आवश्यक नठानेको बताए ।
नेता गुरुगंले काँग्रेसका नेताहरुले बिदेशी चलखेलका बिषयमा कसैले नबोलेपनि आफूले सधैं बिरोध गरेको भन्दै बिदेशी शक्तीको बुई चढेरसत्तामा जान सकिन्छ भन्ने सोच राख्ने हो भने मुलुक र पार्टीका लागि राम्रो नहुने बताए । उनले ३० दिभित्र तेस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्माँ ओलीलाई बिश्वासको मत दिन सम्भव हुन नसक्ने सम्भावना रहेको भन्दै माधव नेपाललाई मिलाउने गाह्रो हुने बताए ।
नेता गुरुगंले ओललाजीले बिश्वासको मत लिन नसकेका कसैले नचिताएको ब्यक्ती प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए । उनले काँग्रेस, माओबादी केन्द्र र एमालेबाट भन्दा बाहिरको ब्यक्ती प्रधानमन्त्री बन्ने दाबी गरे । नेता गुरुगंले कम्युनिष्ट भ्रष्ट हुन् भन्ने कुरा सबै नेपाली जनतालाई प्रष्ट भएको बताउँदै त्योएजेण्डा जनताको घरमा लगेर, समाजबादको पुनःब्याख्या गर्नेलगायतका एजेण्डा लानुपर्ने बतँए ।
नेता गुरुगंले निःशुल्क शिक्षा र निःशुल्क शिक्षाको नीति लागू गर्नुपर्ने भन्दै यस्तो कार्यदिशा लागू गरे काँग्रेसले आफ्नो पुरानो अवस्थामा फर्किने दाबी गरे । नेता गुरुगंले नेपाली काँग्रेसको महाधिवेशनका लागि जिल्ला जिल्लाबाट उम्मेद्वारी दिने र मतदान पनि जिल्लाबाटै गर्ने प्रकृयाबाट गरेमा काँग्रेस महाधिवेशन गर्न सकिने दाबी गरे ।
उनले आफूले केन्द्रीय समितिको बैठकमा ६ महिना अगाडी नै प्रस्ताव राखेको भन्दै नेतृत्वले त्यो बेलामा राखेको प्रस्ताव मानेको भए काँग्रेसले महाधिवेशन गर्न समस्या नहुने दाबी गरे । उनले काठमाडौमा झण्डै दर्जन केन्द्रीय सदस्य तथा डेढ सय नेताहरुसँगको लोकतान्त्रीक संबाद जुम बैठकमा बोल्दै उक्त कुरा बोलेका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले काँग्रेसले शिक्षा र स्वास्थ्यमा धयान दिएर निःशुल्क बनाउने नीति लिएर जनतासम्म गए फेरि काँग्रेस बलियो पार्टी हुनेमा शंका नहुने बताए । उनले केपी ओलीले ने निर्बाचन गराएपनि ध्यान दिएर अगाडी बढेमा काँग्रेसको निर्बाचनमा उपस्थिति बलियो हुने दाबी गरे ।

अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले कोरोना माहामारीका कारण बेड, अक्सिजन, भेन्टिलेटर, खोप नपाएर समस्या भएको अवस्थामा नेपाली काँग्रेसले रचनात्मक भूमिका हुनुपर्ने बताए । उनले प्रदेशहरु प्रधानमन्त्री केपी शर्मा ओलीकै अन्तर्गतमा भएपनि उनले संघलाई अधिका नदिएको र संघीय, लोकतान्त्रीक गणतन्त्रप्रति निष्ठा लनभएको पुष्टी भएको बताए । उनले बर्तमान ब्यवस्थाका लागि शिवजीले आशिर्बादको दुरुपयोग गर्दै भष्मासुरले शिबजीलाई नै शिध्याउने जस्तै केपीओलीले भष्मासुरे प्रवृति देखाएको बताए । नेता पाण्डेले संबिधान र प्रतिनिधि सभाभन्दा बाहिरबाट बिकल्प खोज्दा संबिधान नमान्ने शक्तीहरु सल्बलाएको बताए । उनले काँग्रेसको १४ औं माहाधिवेशन जटिल भएको भन्दै बिगतका कुराहरु कोट्याएर भन्दा २ नम्बरप्रदेशमा भएको कृयाशील सदस्यताको समस्याजस्तो भएमा गाह्रो हुने बताए । नेता पाण्डेले राधेश्याम अधिकारीजस्तो ब्यक्तीले कृयाशील सदस्यताको समितिमा दिएको राजीनामा गम्भीर भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए ।
नेता पाण्डेले वडा, स्थानीय तह, प्रदेश र केन्द्रीय अधिवेशनका लागि माहाधिवेशनलाई हार्दिकताका साथ सम्पन्न नगरेमा कम्युनिष्टसँग प्रतिष्पर्धा गर्न नसकिने, लोकतन्त्र बचाउन नसकिने हुँदा राजनीतिमा हुने अपसंकृति भन्दा प्रकृया बलियो हुनुपर्ने बताए । नेता पाण्डेले कम्युनिष्टलाई कम आँगलन गर्दा राजनीतिक दुर्घटना हुने भन्दै उनीहरुले ब्यक्तीगत वा पार्टीगत धेरै पैसा कमाएका र निर्बाचनमा सबै प्रयोग गर्ने हुँदा त्यसको लागि काँग्रेसले मूख्य भूमिका खेल्नुपर्ने बताए । उनले महन्थ ठाकुर केपी शर्मा ओलीसँग मिल्नुपर्ने कुनै कारण नभए पनि महन्थ ठाुरलाई भारतले मिलाएर केपी ओलीलाई बलियो बनाएको बताए । उनले कम्युनिष्टको जनमत ५० प्रतिशत भन्दा बढी भएको, प्रदेश, स्थानीय तह, संसद बलियो भएको दृष्टान्त बुझ्न आग्रह गर्दै उनीहरुसँग प्रतिष्पर्धा गर्न काँग्रेसभित्रका कमी कमजोरी हटाएर पार्टीभित्र एकता गरेर जाँदै अगाडी बढेमात्र राम्रो हुने बताए । कम्युनिष्टसंग प्रतिष्पर्धा गरी अगाडी बढ्ने अहिले नै रणननीति तयार गर्नुपर्ने बताउँदै कम्युनिष्टले बुथ कब्जा गर्न पैसा खर्च गर्न सक्ने हुादा त्यसका लागि काँग्रेसले कम्युनिष्टको रणनीतिलाई ठीक लगाउने सोचमा जानुपर्ने बताए ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले सत्तामा रहेका राजनीतिक खेलाडीले जिम्मेवार हुन नसकेको भन्दै काँग्रेस नेतृत्वको कार्यशैलीपनि प्रभावकारी नभएको भन्दै काँग्रेसको बैचारिक र शैद्धान्तिक बिचार भन्दा काँग्रेस सत्ता कता पाउन पाईन्छ भन्नेतिर लाग्नु राम्रो नभएको बताए । उनले काँग्रेसको स्थापना नै लोकतन्त्र बचाउन भएको भन्दै यसलाई बचाउनु पहिलो प्राथमिकता हुनुपर्ने बिचार ब्यक्त गरे । उनले राजनीति नैतिकताबिहीन हुन नसक्ने भन्दै काँग्रेसमा आफूबाहेक अरुलाई कसैलाई पनि बिकल्प दिन जरुरी भएको बताए । उनले केपी ओलीको नेतृत्वमा चुनाव भएका धाँधली हुने निश्चित भएको बताए । अदालतले संसद बिघटन बेठीक हो भनेर भन्दा उनले बिश्वासको मत लिन खोजेको भन्दै जसरी पनि ३० दिनभित्र बिशवासको मत लिन चाहेको बताए । ओलीको नेतृतवमा चुनाव हुन नसक्ने भन्दै चुनाव भए आफुले नेतृत्व गरेको पार्टीलाई ०५४ सालको भन्दा गम्भीर रुपमा जिताउने रणनीतिमा लाग्ने बताए । आवश्यक परे काँग्रेसले काँग्रेस बाहिरबाट प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएर भएपनि ओलीलाई हटाउने रणनीति ल्याउने सहयोग गनुपर्ने भनदै मिडियामा काँग्रेसलाई ओलीकै सहयात्री दलको रुपमाआउँदासमेत गाह्रो भएको बताए ।
नेता पौडेलले कोभिडको समस्याका बारेमा दोस्रो चरणको कोभिडले राज्य मर्दासमेत सरकारले क्षमता अभिबृद्धि गर्न कुनै काम नगरेको बताए । खोप ल्याउने कुरामा कमिशन नमिलेका कारण ल्याउन नसक्ने, अक्सिजन जनतालाई दिन नसकेको भनदै सरकारको आलोचना गरे । उनले काँग्रेस माहाधिवेश कुनैपनि शर्तमा गर्नुपर्ने भएकाले बिकेन्द्रीत प्रणालीका बिषयमा गम्भीर मतभेद भएका कारण समस्यष् भएको बताए । उनले ७ लाख ५५ हजार कृयाशील सदस्यता दर्ता भएपनि ४ लाख ७० हजार कृयाशील छानबिन आचार्यले टुंग्याएपनि हाल अन्य नेताहरुलाई टुंग्याउन गाह्रो हुने बताए । उनले अहिले ४ वटा जिल्लामा कृयाशील सदस्यता बितरण नै नभएको भन्दै सिंधुपाल्चौकको समस्याको उदाहरण दिए ।
अहिलेको कार्यतालीकाअनुसार जेठ १७ गते कृयाशीलको बिषय टुंग्याएर बुझाउनुपर्ने भएपनि उक्त कुरा सम्भव नै नभएको बताए । उनले हाल काँग्रेसका सबै नेता कार्यकर्ताको माग काँग्रेसको १४ औं माहाधिवेशन जसरी पनि सम्पन्न गर्ने हुनुपर्ने भन्दै काँग्रेसको संकटलाई समाधान गर्न अरु कसैले सहयोग नगर्ने बताए । नेता पौडेलले सबैले पार्टीको बिधिबिधानमा रहेर हार स्वीकार गर्ने र भित्र एकता गर्ने मनोबिज्ञान आवश्यक हुनुपर्ने बताए। उनले काँग्रेको कृयाशील सदस्यता केन्द्रमा नै ल्याएर रातदिन लगाएर कृयाशील छानबिन गरी टुंग्याएमा माहाधिवेशन कुनैहालतमा पनि समयमा नै सम्पन्न गर्न सकिने बताए । उनले सत्ता केपी ओली वा कम्युनिष्टको नेतृतवमा हुनु हुँदैन भन्दै कम्युनिष्ट फुटेर काँग्रेस बलियो नहुने जिकिर गरे । उनले काँग्रेस बलियो भएर आफैं बलियो हुने दृढ बिश्वासका साथ सबै नेता कार्यकर्ता अगाडी बढ्नुपर्ने भन्दै यो काँग्रेसभित्रको बहस गर्ने तरीका प्रशंसनीय भएको बताए । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्बमन्त्री रामकृष्ण यादब, केन्द्रीय सदस्य सीता गुरगं, केन्द्रीय सदस्य अख्तर कमालले पनि लोकतन्त्र संबादद्वारा आयोजीत जुम बैठकमा १४ औं महाधिवेशन समयमा नै सम्पन्न हुनुपर्ने बताएका छन् ।