२ जेठ, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीसंग पुनः सपथ खानुपर्ने बिचार ब्यक्त गरेका छन् । उनले राष्ट्रपति बिद्यादेवी भण्डारी ‘सत्यनिष्ठापूर्बक त्यो पर्दैन’ भनेर सपथ ग्रहण गरेकोले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा आँच आएको भन्दै त्यस्को लागि प्रधानमन्त्रीले पुनः सपथ खानुपर्ने बताए ।
उपेन्द्र यादवले एक बिज्ञप्ती जारी गर्दै समाबेशी तरीकाले राजदूतहरु नियुक्ती नगरेको भन्दै राजदूत नियुक्तीमा पुनः संबिधानअनुसार गर्न भनेका छन् । उनले कोरोना नियन्त्रणका सरकारका प्रयासहरुअनुसार बेड, अक्सिजन, भेन्टिलेटर, आईसियू, औषधिलगायतका कुराहरु बिरामीलाई उपलब्ध गराउन माग गरेका छन् ।






