राजनीति

प्रत्येक कृयाशील सदस्यबाट कम्तीमा १००० उठाई देशभर आईसोलेशन बनाऔंः नेता गुरुङ

३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले काँग्रेसका सबै कृयाशील सदस्यबाट कम्तीमा प्रति ब्यक्ती रुपैयाँ एक हजार संकलन गरी कांग्रेस कोरोना नियन्त्रण कोष बनाएर सात प्रदेशमा ५र५ सय बेडका अक्सिजन सहितको आइसोलेसन बनाऔं भन्ने प्रस्ताव गरेका छन् ।
नेता गुरुङले आजको नेपाली काँग्रेस कोभिड–१९अनुगमन समितिको कार्यक्रममा बोल्दै ‘कोरोना नियन्त्रणमा सरकार असफल भएकोले सर्वदलीय समिति बनाउनु पर्छ।’ भन्ने कुरा पनि राखेका छन् । उनले सक्नेबाट प्रतिब्यक्ती एक करोड पनि संकलन गर्न सकिने नेता गुरुङको तर्क छ । कोरोना संक्रमणको माहामारीका कारण मुलुक आक्रान्त भएका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भने कोरोना नियन्त्रणमा भन्दा भागबण्डा मिलाउनमा नै ब्यस्त देखिन्छ ।

उनको भनाईः ‘कोरोना नियन्त्रणमा सरकार असफल भएकोले सर्वदलीय समिति बनाउनु पर्छ।’
कांग्रेस क्रियाशील सदश्यहरुबाट कम्तीमा रु १०० देखि सक्नेबाट लाख करोडसम्म उठाएर कांग्रेस कोरोना नियन्त्रण कोष बनाएर सात प्रदेशमा ५र५ सय बेडका अक्सिजन सहितको आइसोलेसन बनाऔं ।