सामाजिक सञ्जाल

निर्वाचनको मौन अबधिमा प्रधानमन्त्री ओलीले मत माग्नु आपत्तिजनकः नेता गुरुङ

५ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रिय सभा उपनिर्वाचनको मौन अबधिमा प्रधानमन्त्री ओलीले मत माग्नु आपत्तिजनक कुरा भएको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘सपथ ग्रहण घट्नामा प्रधानमनत्री ओलीलाई तत्काल पुनःसपथ गराउनु पर्थ्यो, गराइएन। निरङ्कुश शासकलाई कानुनको डोरीले बाँध्न सकेन भने उल्टै शासकले कानुनलाई आफ्नो लाज छोप्ने वस्त्र बनाउँछ।’
उनको ट्वीटः राष्ट्रिय सभा उपनिर्वाचनको मौन अबधिमा प्रधानमन्त्री ओलीले मत माग्नु आपत्तिजनक कुरा हो।
सपथ ग्रहण घट्नामा प्रधानमनत्री ओलीलाई तत्काल पुनस्सपथ गराउनु पर्थ्यो, गराइएन। निरङ्कुश शासकलाई कानुनको डोरीले बाँध्न सकेन भने उल्टै शासकले कानुनलाई आफ्नो लाज छोप्ने वस्त्र बनाउँछ।
चेतना खै? कानुनी राज्य खै?