पु.समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो २ बजे बोलाइएको एमाले स्थायी समिति बैठक लगत्तै ओलीले मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक नियमित भएको र केही मन्त्रालयगत कार्यसूचीमाथि छलफल हुने र आज बस्ने मन्त्रिपरिषद् बैठकले सदन आह्वानको सिफारिस गर्ने सम्भावना रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति (जेठ १५) आउन अब ९ दिन बाँकी छ । तर सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन ।