राजनीति

गृहमन्त्री थापासहित साँसद नरहेका सात मन्त्री सर्बोच्च अदालतद्वारा बर्खास्त, तेस्रो पटकको सपथ भयो दुर्भाग्य

६ जेठ, काठमाडौं । गैरसाँसद रहेका गृमहमन्त्रीसहित सात मन्त्रीलाई बर्खास्त गर्ने सर्बोच्च अदालतले आदेश दिएको छ । सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासले उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामालाई मन्त्रीबाट बर्खास्त गर्नु भन्दै मन्त्रीको हैशियतमा कुनैपनि का नगर्नु नगारउनु भन्ने आदेश दिएका छन् ।
संसद सदस्य बन्न नसकेकाहरु पुनः नियुक्ति हुनु संविधानको धारा ७८ को १, २ र ३ को व्यवस्था, संविधानको मूल मर्म र भावना विपरीत भएको भन्दै सर्वोच्च अदालतले उनीहरुलाई रोक्न निर्देशन
दिएको हो ।
नबनियुक्त सात मन्त्रीहरु माओबादी केन्द्रबाट सिफारिस भएर नियुक्ती भएका भएपनि पछिल्लो समयमा नेकपा एमालेसँग जोडिएर मन्त्रीमा टिकिरहेका छन् । केहीदिन अगाडीमात्र मन्त्रीमा सपथ खाएका भएपनि उनीहरुको प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो नेतृत्वकालको मन्त्रिपरिषदको सदस्यता दुर्भाँग्य देखिएको छ ।