राजनीति

बाँस्कोटाको नेपाल पक्षलाई चेतावनी, ‘दुध ख्वाएर पालेका साँपले डसे, समयको अन्त्य हैन, नयाँ सुरुआत मात्र’

६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आज गृहमन्त्री रामबहादुर थापाको पक्षमा मतदान नगरेर डा खिमलाल देवकोटालाई मतदान गरेकोमा साँकेतिक रुपमा कडा प्रहार गरेका छन् ।
नेता बाँकस्कोटाले आज बाग्मती प्रदेशको भएको राष्ट्रिय सभा निर्बाचनमा स्वतन्त्र उम्मेद्वार डा खिमलाल देवकोटालाई एमाले माधव पक्षलेसमेत मतदान गरेर विजय गराउँदै गृहमन्त्तीसमेत रहेका एमाले ओली पक्षका उम्मेद्वार रामबहादुर थापालाई हराएपछि उनी माधव नेपाल पक्षसँग आक्रोशित भएका हुन् ।
पुर्व सञ्चार मन्त्रीसमेत रहेका नेता बाँँस्कोटाले सामाजिक सञ्जाल ट्वीट्मा लेख्दै भनेका छन्, ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन् ।बिपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।’ नेता बाँस्कोटाले नेपाल पक्षलाई चेतावनी दिँदै अब शुरुवातमात्र भएको भन्दै बिपक्षी दल नेपाली काँग्रेस, माओबादी केन्द्र, जसपासँग भने एमालेलाई कुनै गुनासो नभएको बताएका छन् ।