राजनीति

डा कोईरालाको दाबीः प्रधानमन्त्री/राष्ट्रपति मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्रमा छन्

६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाल्ी नेता डा शेखर कोईरालाले प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र गर्न खोजेको दाबी गरेका छन् । डा कोईरालाले संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी धारा ७६ (५) लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई उक्त षढ्यन्त्र भएको बताएका हुन् ।
डा कोईरालाले आज प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा धारा ७६ को ५ अनुसार सरकार निर्माण गर्न भनिएको कुरालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले २१ घण्टाको समय दिँदै सरकार गठन गर्न आह्वान गर्ने घटनाको प्रतिकृया दिँदै डा कोईरालाले आक्रोश पोखेका हुन् ।

डा कोईराला भन्छन्, संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी धारा ७६ (५) लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो।