राजनीति

धनराज कड्किदै प्रश्न गर्छन्ः महामहिम राष्ट्रपति जी! तपाईंलाई संबिधान राम्रोसँग पढ्न आउँदैन?

६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले महामहिम राष्ट्रपति जी! तपाईंलाई संबिधान राम्रोसँग पढ्न आउँदैन? भन्दै कडा प्रश्न तेस्र्याएका छन् । उनले संबिधानको धारा ७६(५)राम्रोसँग पढ्नुस् भनेर राष्ट्रपति बिद्यादेबी भण्डारीलाई सल्लाह दिँदै ७६(३) बमोजिम बनेको प्रधानमन्त्रीले विस्वासको मत प्राप्त गर्न नसकेको अबस्था आएको छैन भनेका छन् । नेता गुरुगंले ट्वीट गर्दै राष्ट्रपति संबिधानको रक्षक र पालक हो भन्ने कुरा हेक्का राख्नुस्। कुनै नेताको कार्यकर्ता नबन्नुस् भनेर महत्वपूर्ण सल्लाह पनि दिएका छन् ।

नेता गुरुगंको ट्वीटः महामहिम राष्ट्रपति जी! तपाईंलाई संबिधान राम्रोसँग पढ्न आउँदैन? संबिधानको धारा ७६(५)राम्रोसँग पढ्नुस्।
७६(३) बमोजिम बनेको प्रधानमन्त्रीले विस्वासको मत प्राप्त गर्न नसकेको अबस्था आएको छैन।
राष्ट्रपति संबिधानको रक्षक र पालक हो भन्ने कुरा हेक्का राख्नुस्।
कुनै नेताको कार्यकर्ता नबन्नुस्।